Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हुम्ला प्रकरण: ‘सरकारले आफ्नो भूमि समेत दाबी गर्न सकेन’

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमि समेत दाबी गर्न नसकेको बताएका छन् ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनले बताएका छन् ।

नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै नेता सिंहले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति सन्तुलित नदेखिएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077