Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

न्युजिल्यान्डलाई इरानले बराबरीमा रोक्यो

न्युजिल्यान्डलाई इरानले बराबरीमा रोक्यो

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । फिफा विश्वकप अन्तर्गत मंगलबार भएको इरान र न्युजिल्यान्डबीचको खेल रोमाञ्चक रूपले बराबरीमा सकिएको छ।

अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको खेल बराबरीमा सकिएको हो । खेलको सुरुवाती चरणमा इरानमाथि न्युजिल्यान्डले अग्रता लिएको थियो भने इरानले गोल फर्काउँदा खेल २-२ को बराबरीमा सकियो ।

न्युजिल्यान्डका लागि एलिआ जस्टले २ गोल गरे । उनले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५४ मिनेटमा गरे ।

इरानका लागि रामिन रेजेन्सियाले ३२ मिनेटमा गोल फर्काएका थिए । यस्तै, ६४ औँ मिनेटमा मोहम्मद मोहबीले गोल गरेका थिए । खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले १-१ अंक बाँडेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077