Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित तीन जना पक्राउ

दाङ । नक्कली नोटसहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरिएकाे दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077