Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र सबै मन्त्रीको दसैँ भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्य प्राप्त गरेकाे दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय गरेकाे छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअघि कोरोना महामारीकाबीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसका सांसदहरुले पाएको दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077