Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्‍चालन हुने

काठमाडौं । सरकारले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह २४ घण्टा सञ्‍चालनमा ल्याउने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह २४ घण्टा सञ्‍चालनमा ल्याउने निर्णय गरेकाे प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले साेमबार जानकारी दिए ।

सोमबारकाे पत्रकार सम्मेलनमा उनले शवदाह गृहलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने पनि मन्त्रिपरिषद्को निर्णय गरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077