Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्लीमा सेटिङ मिलाएर भन्सार ताक्दै उपसचिव रेग्मी

    दिल्लीमा सेटिङ मिलाएर भन्सार ताक्दै उपसचिव रेग्मी

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 7.6K
    SHARES

    काठमाडौं । अर्थमन्त्रालयले राजस्व समूहका अधिकृत र उपसचिवको सरुवा तयारी थालेसँगै चलखेल बढेको छ । अर्थ अन्तर्गतका आकर्षक भन्सार तथा राजश्व कार्यालयमा जानका लागि उपसचिवहरु दौडधुपमा लागेका छन् ।

    भन्सार कार्यालयमध्ये प्रमुख आम्दानीको स्रोत भैरहवा र रसुवा भन्सार हुन् । भैरहवा र रसुवाका लागि राजस्वका उपसचिवहरुको होडबाजी सुरु भएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले ठूला ब्यापारीसँग डिल गर्न परिचालन गर्दैआएका उपसचिव रामप्रसाद रेग्मीले भैरहवा भन्सार ताकेका छन् ।



    नलाई भैरहवा नभए रसुवामा सरुवा गर्नैपर्ने दबाब अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानामाथि विभिन्न निकायबाट दिइएको छ । राजस्वका उपसचिवमध्ये बदनाम रेग्मीले महानिर्देशक मैनालीदेखि अर्थमन्त्रालयका नेकपानिकट ट्रेड युनियनका हर्ताकर्ता चण्डीराज घिमिरेदेखि सूर्य कुँवरसम्मलाई रिझाइसकेका छन् । कांग्रेस निकट ट्रेड युनियनका नेता त उनका खल्तीकै भइहाले ।



    रेग्मीलाई महानिर्देशक मैनालीले उनलाई ठूला ब्यापारीसँग डिल गर्नका लागि परिचालन गर्दै आएको स्रोत बताउँछ । स्रोतका अनुसार ठूला ब्यापारीसँग डिल गरी आर्थिक कारोबार भने उनले नयाँदिल्लीमा गर्दै आएका छन् ।

    अख्तियारबाट गएको भदौ २८ मा कार्यकाल सकिएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे र राजस्वका महानिर्देशक मैनालीको मिलेमतोमा ठूला ब्यापारीसँग ठूलै डिल गरी नयाँदिल्लीमा सेटिङ हुने गरेको स्रोत बताउँछ ।

    मैनालीका विश्वासपात्र रेग्मीले २०७६ चैतको लकडाउनअघिदेखि नै काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा नाकामा सेटिङ गरी तस्करीको लाइन खोलेको सूचना अर्थसचिव ढुंगानाले थाहा पाएर पनि उनले कारवाही गर्न सकेनन् । लकडाउनको मौकामा रातिराति एउटै प्रज्ञापनपत्रबाट दसौं ट्रक सामान आयात हुने गरेका थिए । राजस्वका तर्फबाट रेग्मीले नै त्यसको सेटिङ गरेका थिए । यसबाट राज्यले अर्बौ राजस्व गुमाएको स्रोत बताउँछ ।

    अर्थ मन्त्रालयले मन्त्री नभएका कारण भन्सार र कर कार्यालयमा सरुवा गरेको थिएन । अर्थमन्त्रीमा बिष्णुप्रसाद पौडेल नियुक्तिपछि सरुवाको सूची तयार गरी दशैंअघि नै सार्वजनिक गर्दैछ । गतबर्ष पनि सचिव राजन खनालले उपसचिवहरुको सरुवा गरेका थिएनन् । २ बर्ष अवधि पुगेर खाली हुने भन्सार कार्यालयमा भैरहवा, रसुवा, नेपालगंज, सुख्खा बन्दरगाह सिर्सिया पर्सा, कृष्णनगर, महेन्द्रनगर, धनगढी छन् । एयरपोर्ट भन्सारमा पनि २ उपसचिवको २ बर्ष पूरा भइसकेको छ ।

    त्यसैगरी उपसचिवका लागि आकर्षक मानिने करदाता सेवा कार्यालय, त्रिपुरेश्वर, पुतलीसडक, न्यूरोड, बालाजु, कोटेश्वर, टंगाल, महाराजगंज, ललितपुर–२ छन् । उपत्यकाबाहिरका दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, कृष्णनगर, धनगढी लगायतका कार्यालय छन् । ती कार्यालयमा सरुवा हुनका लागि अर्थमन्त्रालयमा उपसचिवहरुको दौडधुप चलेको छ,आजको दृष्‍टि साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार