Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लघुवित्तका समस्या समाधान गर्न सरकारले बनायो सात सदस्यीय कार्यदल

    लघुवित्तका समस्या समाधान गर्न सरकारले बनायो सात सदस्यीय कार्यदल

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 474
    SHARES

    काठमाडौं । सरकारले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिवलाई समेटेर कार्यदल बनाएका हुन् ।



    यस्तै कार्यदलमा लघुवित्तिविरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन्। कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्रबैंकले तोक्ने मन्त्रालयले जनाएको छ ।



    कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको बताइएको छ । आज मात्रै सरकार र आन्दोलनकारीबीच शुक्रबार ६ बुँदे सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार