ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुले अपहरणमा परेका एक बालिकाको साढे २ घण्टामा सकुशल उद्धार गर्न सफल भएको छ।
सोमबार साँझ ललितपुरको इमाडोलबाट अपहरणमा परेका अनोख शाहको साढे २ घण्टापछि सकुशल उद्धार गरिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हरिसिद्धिबाट बालकको उद्धार गरेको हो ।
महानगरीय प्रहरी ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बालकको अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको जानकारी दिए ।
बाराको सिम्रौनगढ नगरपालिका–१ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ मनकामना चोक स्थित बस्ने गुड्डी साहकी छोरी बर्ष ८ की अनुखा कोठा भन्दा बाहिर खेलिरहेको समयमा साइकलमा आएका व्यक्तिहरुले साईकलमा राखेर लगेका थिए ।
उनीहरुले ती बालिकालाई प्रहरीले हरिसिद्दी स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले सर्लाही हरिवन नगरपालिका– ८ स्थायी घर भएका हरिसिद्दी बस्ने ३० वर्षका राजु कार्की, काभ्रेकी २३ वर्षीया सिता परियार र धनुषाका ४० वर्षका कृष्ण तोलामीलाई पक्राउ गरेको हो ।