Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथर । पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए। सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उनले प्रतिलिपि पाएनन।

प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्रसहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो ।

भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण उनको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भने,“ उहाँले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर कार्यालयमा आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो ।

उनी ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याएका थिए । उनकै नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो ।

यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भने,“ जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।” गैर सरकारी संस्था महासङघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077