Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मुकेश हत्याका दोषीमाथि कारबाही गर्न सरकारसँग प्रचण्डको माग

    मुकेश हत्याका दोषीमाथि कारबाही गर्न सरकारसँग प्रचण्डको माग

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्साका मुकेश चौरसियाको हत्याका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    अध्यक्ष प्रचण्डले जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन्।



    प्रचण्डले  दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग गरेका छन्। हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको उनले वताए ।



    कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो।

    प्रचण्डले विज्ञप्तिमा भनेका छन्, म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले  दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार