Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मुकेश हत्याका मुख्य आरोपी पूर्व सभासद गुप्ता फरार, प्रहरी भन्छ-खोजी जारी छ

    मुकेश हत्याका मुख्य आरोपी पूर्व सभासद गुप्ता फरार, प्रहरी भन्छ-खोजी जारी छ

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसिया हत्याका मुख्य योजनाकार भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सभासद राजकुमार गुप्ता सम्पर्कविहिन भएका छन्  ।

    मृतक चौरसियाका भाई महेश चौरसियाले पूर्व सभासद गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहान विरुद्ध जाहेरी दिएका थिए ।



    जाहेरी परेकामध्ये हाल देवा सहनी मलाह र हनिफ मियाँ मात्र  पक्राउ परेका छन । अन्य भने फरार छन् । प्रहरी स्रोतले भने सबैको खोजी कार्य भइरहेको जनाएको छ।



    प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साले पीडित आफन्तजनले दिएको जाहेरी दर्ता नगरेपछि नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जाहेरी दर्ता गर्नका लागि  विज्ञप्ति नै निकालेका थिए।

    तर पनि पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले भने घटनामा कुनै संलग्नता नरहेका व्यक्तिहरुको नाम पनि जाहेरीमा लेखेर ल्याउँदा मुद्दा दर्ता गर्न नमिलेको वताउने गरेकी थिइन ।

    चौरसिया हत्याको आरोपमा पूर्व सभासद गुप्ता लगायत १२ जना विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरीलाई पत्राचार गरेपछि मुद्दा दर्ता भएको थियो ।

    मुद्दा दर्ता पश्चात पक्राउ पर्ने डरले नेकपाका नेता तथा पूर्व सभासद गुप्तासहितका आरोपी फरार भएका हुन् ।

    चौरसियाको हत्याको मुख्य योजनाकारको रुपमा जाहेरी दर्ता भएपछि उनी वीरगञ्जबाट भूमिगत भएको बुझिएको छ ।

    परिवारजनले चौरसियाको हत्या गुप्ताकै योजनामा भएको आरोप लगाएको छ । घटनामा लाठीभाठा हान्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै वीरगञ्ज श्रीपुरस्थितबाट घरबाट पक्राउ परेको आरोप लगाएका छन् । घटना भएकै दिन उनकोे घरबाट ७ जनालाई प्रहरील पक्राउ गरेको थियो भने पक्राउ परेकाहरुसँगै गुप्ता पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए । पक्राउ परेका ८ जनामध्ये २ जनालाई हिरासतमा राखेर अन्यलाई सोही दिन प्रहरीले रिहा गरेको थियो ।

    हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ता विरुद्ध किटानी जोहरी परेसँगै अहिले पर्सामा गुप्तासहित अन्य कार्यकर्ता पनि फरार भएका छन् ।

    यस्तै, जिल्ला प्रशासन कार्यालय पर्सामा पनि ज्ञापन पत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनुवाई गराएर बिहीबार जोहरी दर्ता भएको हो ।

    मृत्यु भएकाे आठ दिनपछि शुक्रबार चौरसियाको शवलाई पोस्टमार्टम गरेर शतगत गरिएको हो । परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको उनकाे शवलाई पोस्टमार्टम गरिएकाे हाे ।

    चौरसियाको हत्यालाई लिएर नेकपाभित्र आरोप-प्रत्यारोपको राजनीति चलिरहेको छ।

    यता, फरार भएको कुरा बाहिर आएपछि आफु नेपालभित्रै रहेको र 2 अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको पूर्व सभासद राजकुमार गुप्ताले वताउने गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार