Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मुकेश हत्याका दोषीलाई कारबाहीको माग गर्दै नेकपाकै कार्यकर्ताद्वारा धर्ना

    मुकेश हत्याका दोषीलाई कारबाहीको माग गर्दै नेकपाकै कार्यकर्ताद्वारा धर्ना

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.2K
    SHARES

    पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै वीरगन्जमा प्रर्दशन गरिएको छ ।

    मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै सत्तारुढ नेकपाका कार्यकर्ता र आफन्तले  जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् ।



    यही कात्तिक ६ गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन् ।



    मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन् । चौरसियाको शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

    पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो ।

    चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार