Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा कुखुरा खोरबाट ५ जुवाडे पक्राउ

कलाली । कैलालीमा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077