Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नग्न तस्बिर माग्नेप्रति सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर नग्न तस्बिर वा श्रव्यदृष्य माग गर्ने कार्य बढिरहेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी अश्लील गतिविधि भइरहेको सूचना आएको भन्दै सचेत हुन आग्रह गरेको हो ।

ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक नविन्द अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘ल्याण्डलाईन वा मोवाइल नम्बरहरुमा कुनै पनि नम्बर डिस्प्ले नहुने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई म्यासेन्जरबाट कल गरेर म साइबर ब्यूरो क्राइम डिपार्टमेन्टबाट बोलेको हो तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ । त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेकोप्रति यस ब्युरोको ध्यानाकर्षभ भएको छ ।’

ब्युरोले यस्ता अश्लील र झुक्याउने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077