Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शुक्रबार प्रदेश १ मा थपिए ५६९ काेराेना संक्रमित

    शुक्रबार प्रदेश १ मा थपिए ५६९ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.4K
    SHARES

    विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    संक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ ।



    यस प्रदेशमा आज ६१९ जना संक्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ ।

    अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार