Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश १ मा थपिए १९ जना कोरोना संक्रमित

    प्रदेश १ मा थपिए १९ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    थप सङ्क्रमितहरुमा मोरङको विराटनगरमा पाँच र सुनसरीमा पाँच, झापा र इलाममा चार÷चार र प्रदेश बाहिर एक रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९७ जना छन् ।



    यस प्रदेशमा सोही अवधिमा ५१ जना सङ्क्रमित निको भएका छन् भने उनीहरु होम आइसोलेसन ४७ र विभिन्न कोभिड अस्पतालबाट घर फर्केका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।

    यसप्रदेशमा अहिलेसम्म दुई लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार