काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जना जुवाडे पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार स्वयम्भु प्रहरीको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो।
जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामालगायत छन् ।
प्रहरीले विजेश्वरी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
राप्रपाबाट सांसद तथा राज्य मन्त्री बनेका राय यसअघि पनि ठमेलमा नांगो युवतीसहित पक्राउ परेका थिए ।
मन्त्री नियुक्त हुँदा घरको छतबाट बन्दुक पड्काएर उनी बिबादमा पनि आएका थिए ।
खोभारी राय हाल जनता समाजवादी पार्टीमा आबद्ध रहेका छन् ।