Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा

काठमाडौँ । भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा भएका छन्।

सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो । वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् ।

वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए । वडाध्यक्ष जोशी १४ कात्तिकमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077