Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रधानमन्त्रीलाई कां‌ग्रेस प्रवक्ताको प्रश्न : जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारले 'स‌ंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' काे सट्टा नेपाल मात्र लेख्ने भनि गरेकाे निर्णयप्रति आपत्ति जनाएकाे छ।

शर्माले मंगलबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता भनेर प्रश्‍न समेत गरेका छन् ।

उनले सामाजिक सञ्‍जाल ट्वीटरमा लेखेका छन्- ‘`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्‍न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । @Pm_Nepal जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? होसियार ! संविधानको मर्म विरुध्दको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!’

मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते मुलुकका औपचारिक कागजातमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी नेपालमात्रै लेख्‍ने निर्णय गरेको थियो ।

https://twitter.com/bishwaprakash77/status/1323499180954947584

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077