Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा काेराेनाका कारण एकैदिन ३० जनाकाे मृत्यु, मृतककाे संख्या १०३४ पुग्याे

    नेपालमा काेराेनाका कारण एकैदिन ३० जनाकाे मृत्यु, मृतककाे संख्या १०३४ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट एकैदिन ३० जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ ।



    यसैबीच बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार