Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३०० बेडको कोभिड अस्पताल सञ्चालन गर्न प्रहरी अस्पताललाई अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्न अनुमति दिएकाे छ ।

मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ड कमाण्ड सिस्टम (आइसिएस) को निणर्य अनुसार प्रहरी अस्पताललाई ३०० वेडको कोभिड अस्पताल सञ्चालन गर्न दिने अनुमति दिएको जानकारी दिए।

प्रहरी अस्पतालले पहिले कोभिडका लागि १०० वेडको अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077