Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

१० किलो अफिमकाे मोलमोलाई गर्दागर्दै एकजना पक्राउ

नेपालगञ्‍ज । प्रहरीले जाजरकोटका तिलकबहादुर शाहीलाई ठूलो मात्रामा लागु औषधी अफिमसहित पक्राउ गरेकाे छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका-८ को सुनौलोटोलबाट १० किलो ४०० ग्राम अफिमसहित शाहीलाई पक्राउ गरेको हो । अफिमको मोलमोलाइ भइरहेको बेलामा पुगेको ब्यूरोको टोलीले शाहीलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएकाे छ।

पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके हुँदै भारत पुग्ने गर्दछ। गत शनिबार बाँकेको कुसुमबाट तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज हृदेयस सापकोटाले दश किलो चार सय ग्राम अफिमसहित पक्राउ गरिएका शाहीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077