Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा विवाद: ओलीको प्रस्ताव लिएर खुमलटार पुगे नेता पौडेल

    नेकपा विवाद: ओलीको प्रस्ताव लिएर खुमलटार पुगे नेता पौडेल

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सत्तारूढ नेकपा भित्र पछिल्लाे केही दिनयताकाे अान्तरिक विवादले नेताहरू गुटगत राजनीतिमा लागेका छन्। नेकपाको जारी विवादका बीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सामु विवाद साम्य पार्न प्रस्ताव राखेका छन् ।

    ओलीको प्रस्ताव लिएर पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेका छन् । उनले १५ दिनभित्र सचिवालय बैठक बोलाउने प्रस्ताव पौडेल मार्फत राखेका हुन् ।



    ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने पौडेलले जानकारी गराएका थिए। प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।



    तर प्रचण्डले भने अहिलेको मागमा विधानको सो व्यवस्था आकर्षित नहुने बताएका छन् । उनले आफूले नै सचिवालय बैठक बोलाउन सक्ने भएपनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई औपचारिक आग्रह गरेको बताए।

    प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डको समूहले कडा कदम चाल्ने बताइएको छ । यसअघि प्रम ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र विष्णु पौडेल मार्फत वामदेव गौतमलाई फकाउने प्रयास गरेका थिए । तर गौतम भने उनको प्रस्तावमा सहमत भएनन् । लगत्तै उनले माधवकुमार नेपाल लगायतका नेताहरुलाई बालुवाटार बोलाएर आफूलाई साथ दिन आग्रह गरेका थिए । तर नेपालले भने उनको प्रस्तावमा छलफल गर्नुभन्दा सचिवालय बैठक बोलाउन नै आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार