Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीसँग नेकपा कार्यदलको छलफल भएन, प्रचण्ड पक्षका नेताहरू अनुपस्थित

    ओलीसँग नेकपा कार्यदलको छलफल भएन, प्रचण्ड पक्षका नेताहरू अनुपस्थित

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3.9K
    SHARES

    फाइल बस्बिर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको बैठक स्थगित भएकाे छ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कार्यदलका सदस्यहरू अनुपस्थित भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको कार्यदलका सदस्यहरुसँगको बैठक स्थगित भएको हाे ।



    पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएकाे ६ सदस्यीय कार्यदलका सदस्यहरुलाई ओलीले १२ बजे छलफलाका लागि बोलाएका थिए। छलफलका लागि ओली निकट नेताहरु शंकर पोखरेल, विष्णु पौडेल र माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए।



    तर, प्रचण्ड निकट नेताहरु जनार्दशन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाले कार्यव्यस्तताकाे कारण देखाउदै उपस्थित नभएकाे बताइएकाे छ ।

    उता, शर्मा भने नेताहरु बालुवाटार पुग्दा प्रचण्डसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ। उनीहरुबीच दुई घण्टा लामो कुराकानी भएको थियो।

    प्रचण्ड निकट दुई जना नै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै अनौपचारिक छलफल गरेर त्यहाँबाट उठेका थिए।

    प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले कार्यदलका नेताहरु र प्रधानमन्त्रीबीच छलफल नभएको पुष्टि गरे । चार नेताहरुबीच मात्रै छलफल भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार