Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पैँचो नपाएपछि बंगलादेशबाट मल खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

    पैँचो नपाएपछि बंगलादेशबाट मल खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल खरिद गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशबाट गभर्मेन्ट टु गभर्मेन्ट(जीटूजी)मार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।



    यसअघि नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ कम्पनीले धान रोप्ने बेलामा पनि मल नल्याएपछि बंगलादेशसँग पैंचोमा ल्याउने प्रक्रिया अगाडि बढाएको थियो । तर पैचोमा मल नदिएपछि सरकारले जीटुजी मार्फत् खरिद गर्ने निर्णय गरेको छ ।



    सरकारले पुस्तक आयातमा लगाएको कर पनि हटाउने निर्णय गरेको छ । सरकारले विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको चैतसम्म पाउनेसुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार