Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिहीबार सचिवालय बैठक बोलाउन प्रचण्डकाे आग्रह, ओलीले सहमति जनाएनन्

    बिहीबार सचिवालय बैठक बोलाउन प्रचण्डकाे आग्रह, ओलीले सहमति जनाएनन्

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

    मंगलबार दिउँसो ओलीलाई भेटेर प्रचण्डले बिहीबार बैठक बोलाउने विषयमा आग्रह गरेका भएपनि ओलीले सहमति जनाइ नसकेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए ।



    ‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ ।

    तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार