Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय पत्रकार अर्नव गोस्वामी जमानतमा रिहा

    भारतीय पत्रकार अर्नव गोस्वामी जमानतमा रिहा

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 5.5K
    SHARES

    मुम्बई । आत्महत्या दुरुत्साहनको मुद्धामा न्यायिक हिरासतमा रहेका भारतीय रिपब्लिक टिभीका प्रस्तोता अर्नव गोस्वामी जमानतमा छुटेका छन् ।

    गोस्वामीलाई भारतीय सर्वोच्च अदालतले बुधबार रिहा गर्न आदेश दिएको हो। यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई धरौटीमा छाड्न इन्कार गरेको थियो ।



    आत्महत्या दुरूत्साहनको अभियोगमा उनी कात्तिक १९ गते पक्राउ परेका थिए । भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक रहेका गोस्वामीलाई तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । त्यसविरूद्ध उनले सर्वोच्च अदालतमा निवदेन दिए ।



    रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकले आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले गोस्वामीको नाम उल्लेख गरेका थिए । त्यसको केही दिनपछि अन्वयकी आमाले समेत आत्महत्या गरेकी थिइन् ।

    पैसा नदिएर आत्महत्याका लागि बाध्य पारेको गोस्वमीमाथि अभियोग छ । सोही विषयमा अनुसन्धानका लागि महाराष्ट्रको सरकारले आदेश दिएको थियो । ती डिजाइनरले पाउनुपर्ने ५.४० करोड भारू अर्नव र उनका साथीले नदिएको परिवारको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार