Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै गौतमले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका हुन् । उनले आफ्नो पक्षमा बहस गर्नुहुने कानुन व्यवसायीलाई पनि धन्यवाद दिएका छन् ।

‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ,’ उनले लेखेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु। मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान् कानुन व्यवसायी मित्रप्रति म कृतज्ञ छु।’

उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको भन्दै पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077