Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थ मन्त्रालयका उपसचिवहरुको सरुवा : भैरहवा भन्सारको प्रमुखमा मणिराम पाैडेल

    अर्थ मन्त्रालयका उपसचिवहरुको सरुवा : भैरहवा भन्सारको प्रमुखमा मणिराम पाैडेल

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 6.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थ मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । २ बर्ष अवधि पुगेका भन्सार र आन्तरिक राजस्व कार्यालयका उपसचिवहरुको सरुवा गरिएको छ ।

    अर्थ मन्त्रालयले भदौमै गर्नुपर्ने सरुवा बिहीबार निकालेको छ । २०७७ मंसिर २७ मा हुने आधिकारिक ट्रेड युनियन निर्वाचनको आचारसंहिता लागू हुने भएकाले पनि बिहीबार अपराह्न सरुवा निकालिएको छ ।



    अर्थ मन्त्रालयले सबैभन्दा बढी चासो रहेको भैरहवा भन्सार कार्यालयको प्रमुखमा मणिराम पौडेल र रसुवा भन्सारको प्रमुखमा रामप्रसाद रेग्मीलाई सरुवा गरेको छ । भैरहवा र रसुवा भन्सारमा सरुवाका लागि उपसचिवहरुको चर्को प्रतिस्पर्धा थियो । प्रतिस्पर्धामा पौडेल र रेग्मीले बाजी मारेका छन् । रेग्मी राजस्व अनुसन्धान विभागमा ४ बर्षदेखि निर्देशक थिए ।



    शर्मालाई उपसचिव बढुवा भएको ८ महिनासम्म भन्सार विभागमा राखी भैरहवाजस्तो सबैको आकर्षणको कार्यालयमा सरुवा गरिएको छ । शर्मा अर्थ सचिव शिशिरकुमार ढुंगानाका अति निकट मानिन्छन् । पौडेल अधिकृत हुँदा १ नम्बर कर कार्यालय, त्यसपछि बीरगंज भन्सार हुँदै बिराटनगर भन्सारमा कार्यरत थिए ।

    बिराटनगर भन्सारमा हुँदा उपसचिव बढुवा भए । बढुवा भएको ८ महिनामै भैरहवा भन्सारमा जाने भाग्यमानीमा दरिएका छन् । राजस्व समूहमा मणिराम पौडेल जस्तो अवसर पाउने अति कममात्रै रहेको चर्चा हुने गर्दछ । सचिवको आशीर्वादमा उनले एकपछि अर्को सुवर्ण मौका पाउँदैआएका छन् । उनलाई भैरहवा भन्सारमा पठाउनकैलागि ४ महिनासम्म बढुवा रोकिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

    भन्सार विभागका मुक्ति आचार्य आन्तरिक राजस्व कार्यालय भैरहवा, आन्तरिक राजस्व विधागका सरद पौडेल नेपालगंज आन्तरिक राजस्व कार्यालय र धु्रव पाण्डे बुटवल आन्तरिक राजस्वमा सरुवा भएका छन् । त्यसैगरी आन्तरिक राजस्व कार्यालय ललितपुर २ मा निरन भट्टराईलाई पठाइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका उपसचिव कर्णप्रसाद तिमल्सिना आन्तरिक राजस्व कार्यालय टंगालमा सरुवा भएका छन् । भट्टराई र पाण्डे ढेड बर्षअघि प्रदेशमा सरुवा भएका र हालै मात्र बदर गराई हाजिर भएका १४ भाइ उपसचिवमध्येका हुन् । सम्पत्ति शुद्धिकरण स्थापना भएदेखि कार्यरत र सबै सेटिङ गर्ने भनेर कहलिएका विनोद लामिछानेको आन्तरिक राजस्व कार्यालय न्यूरोडमा सरुवा भएको छ ।

    आन्तरिक राजस्व कार्यालय बानेश्वरमा भन्सार परीक्षण केन्द्रका उपसचिव नरेन्द्र पाण्डेको सरुवा भएको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा डोलेन्द्र शर्मा र त्रिपुरेश्वरमा राजेन्द्र चुडालको सरुवा भएको छ ।

    चुडाल पनि प्रदेशमा सरुवा भएर सरुवा बदर गराउने १४ भाइमध्येकै हुन् । ती १४ भाइमध्येकै उपसचिव जनार्दन पौडेललाई कृष्णनगर भन्सारको प्रमुखमा सरुवा गरिएको छ । नेपालगंज भन्सारको प्रमुखमा जयबहादुर भण्डारी, बीरगंज भन्सारमा हरिहर पौडेल र दिलीप केसीको सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार