Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मंसिर १ गते भाइटीका लगाउनु हुन्न भन्ने भ्रममा नपरौं : पञ्चाङ्ग निर्णायक समिति

    मंसिर १ गते भाइटीका लगाउनु हुन्न भन्ने भ्रममा नपरौं : पञ्चाङ्ग निर्णायक समिति

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते भाइटीका लगाउन हुन्न भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।

    समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।



    मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर, बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको समितिले जनाएको हो ।



    ढुंगेलले भनेका छन्–‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन । हामीले मनाउने पर्व चान्द्रमास अनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्र मास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’

    त्यसैले भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि ढुंगेलले सबैमा आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार