Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्यूरोड क्षेत्रमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

    न्यूरोड क्षेत्रमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 405
    SHARES

    काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।

    काठमाडौं उपत्यकाको न्यूरोडलगायत मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो ।



    काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड क्षेत्रका सुन चाँदी पसलहरुमा सुन चाँदी किन्नेहरु पुगेका छन् ।आर्थिक मन्दिका कारण बजारमा चहलपहल कम भएपनि तिहारको बेला भने राजधानीका मुख्य बजार न्यूरोडमा अत्याधिक जाम बढेको छ ।



    भाडाका चार पांग्रे सवारी प्रवेश निशेध गरिएको न्यूरोडमा सवारी चाप र मानिसहरुको भिड उत्तिकै छ । तिहारका बेला रोडसम्मै व्यापार हुने गरेपनि यो वर्ष भने फुटपाथमा कुनै पनि बजार छैन ।

    तरपनि बजारमा भिड भने अत्याधिक रहेको छ । न्यूरोडका सुन चाँदी पसलमा त झन ग्राहकहरुको घुँइचो थेगिनसक्नु नै छ । बेहुली झै सिंगारिएका न्यूरोडका सुन चाँदी पसलमा धनतेरसका दिन ग्राहकहरुको भिड बढेको हो ।

    देशमा आर्थिक मन्दी भनिरहँदा सुन चाँदी पसलमा भने ग्राहकहरुको भिड देख्दा नेपाल जनता धनी नै छन् भन्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार