Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यमपञ्चकको दोस्रो दिन आज : कागको पूजा गरिँदै

    यमपञ्चकको दोस्रो दिन आज : कागको पूजा गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ ।

    आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ ।



    हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो ।



    कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।

    यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार