Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै

    सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ ।

    कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।



    नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।



    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार