Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नितिश कुमारले भोलि विहारको मुख्यमन्त्री पदको शपथ लिने

काठमाडौं । भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले भाेलि विहारको मुख्यमन्त्री पदकाे शपथ ग्रहण गर्ने भएका छन् ।

आइतबार नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरिए पछि उनले बिहारका राज्यपालसँग भेटवार्तासमेत गरेका छन् । उनलाई राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले आइतबार नै विधायक दलको नेताको रुपमा चयन गर्ने निर्णय गरेकाे हाे ।

एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरुको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए ।

उनले भने, ‘एनडीएको बैठकले मलाई फेरि एकपटक आफ्नो नेता चयन गरेको छ । महामहिम राजयपाललाई हामीले पत्र पठाएका छौँ । उहाँले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गर्नुभएको छ । भोलि कस–कसले शपथ लिनेछन् भन्ने कुराको निर्णय हुन बाँकी छ ।’

सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077