Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रोल्पाकी कोरोना संक्रमित महिलाकाे बुटवलमा मृत्यु

    रोल्पाकी कोरोना संक्रमित महिलाकाे बुटवलमा मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।



    अस्पतालका अनुसार वृद्धामा अस्पताल भर्ना हुनुअघि नै उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकाे थियाे ।



    कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन् । उनकाे बुधबार बिहान मृत्यु भएकाे हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार