Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अश्लिल भिडियो बनाई व्ल्याकमेल गर्ने पक्राउ

    अश्लिल भिडियो बनाई व्ल्याकमेल गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 4.9K
    SHARES

    सिरहा । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरा रहेका छन्। बुधबार साँझ प्रहरीले महरालाई पक्राउ गरेको हाे ।



    ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।



    हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार