Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिरहामा हतियारसहित एक युवक  पक्राउ

जनकपुरधाम । सिरहामा हतियारसहित एक युवक  पक्राउ परेका छन् ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।

दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचना अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिनोदसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रविनले पेस्तोल  देखाएर तर्साएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077