Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्‍त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

    प्रधानमन्‍त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका छन् ।

    आज दिउँसो प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।



    छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतले बतायाे ।



    प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार