Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

    ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतमा हाजिर भएका उनी साधारण तारेखमा छुटेका हुन्।

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।



    अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार