Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

    बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन्।

    सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् ।



    उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा उनले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ ।



    राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका थिए । उनले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए।

    निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए ।

    अदालतबाट समेत आफ्नो दाबी पुष्टी नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै उनले न्याय माग्ने क्रमलाई निरन्तरता दिने दावी गर्नु भएको छ ।

    यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका थिए।

    उनीहरूले आगामी सन् २०२१ जनवरी २० मा सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्ने छन् । त्यसका लागि उनीहरुले पनि आआफ्नो तर्फबाट तयारी थालेका छन्।

    बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालि सकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार