Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेस्सी बिनाको खेलमा बार्सिलोनाको फराकिलो जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको बार्सिलोना र डिनामो किएभ बिच भएको खेलमा कप्तान लियोनल मेस्सी बिनै बार्सिलोनाले ४–० को फराकिलो जित हात पारेको छ ।

बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल सर्जिनो डेस्टले र एन्टोइन ग्रिजमन एकएक गोल गरि जित दर्ता गरेका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै अग्रता दिलाए । पुनः ५७औं मिनेटमा डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै भने इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित दर्ता गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077