Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जिउँदाे सालकसहित सशस्त्र प्रहरीका जवान पक्राउ

    जिउँदाे सालकसहित सशस्त्र प्रहरीका जवान पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 5.2K
    SHARES

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जिउँदो सालकसहित सशस्त्र प्रहरीका जवानसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सशस्त्र प्रहरीका जवान धादिङ सिद्धलेक गाउँपालिका–३ झार्लाङदी घर भई काठमाडौं–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुर मगर र कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर रहेका छन् ।



    उनीहरूलाई प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेकाे हाे ।



    उनीहरुको साथबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटीएम कार्ड, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

    विशेष सूचनाको आधारमा सालक लिएर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार