Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जिउँदो सालक बेचेर करोडौं कुम्ल्याउने उद्ववको योजना ‘फेल’, यसरी परे महाशाखाको फन्दामा

    जिउँदो सालक बेचेर करोडौं कुम्ल्याउने उद्ववको योजना ‘फेल’, यसरी परे महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित दुर्लभ जिउँदो सालक अबैध रुपमा बिक्री वितरण गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दोलखा जिल्ला कालिञ्चोक गा.पा.-०६ लिफ्टुङ घर भइ हाल काठमाडौँ-३२ मरुछासपाखा बस्ने २६ बर्षीय उद्धव थामी रहेका छन्।



    महाशाखाका अनुसार थामीलाई बिशेष सुचनाको आधारमा काठमाडौँको मरुछासपाखा एरियाबाट पक्राउ गरिएको हो । उनको साथबाट ३ के.जि. तौल भएको खैरो रङको जिउँदो सालक समेत बरामद गरिएको महाशाखाले जनाएको छ।



    बरामद गरिएको उक्त सालक एक करोड दश लाखमा बिक्री वितरण गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महाशाखाको भनाइ छ।

    पक्राउ परेका थामीलाई आवश्यक कारबाहीको जिल्ला बन कार्यालय, हात्तिसार, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार