Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पोर्चुगल पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने ओली महाशाखाको फन्दामा

    पोर्चुगल पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने ओली महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 915
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका १ घर भई काठमाडौं ३२ तिनकुने बस्ने ३० वर्षिय धन कुमारी ओली रहेकी छन् ।



    उनले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई २१ लाख रूपैयाँसमेत लिएकी थिईन ।



    पक्राउ परेकी ओलीले आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेको पीडितहरुको उजुरीको आधारमा ओलीलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

    उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरीएको हो । थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार