Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन र भारतकाे आर्थिक विकासबाट नेपालले लाभ लिन्छ: मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिने बताएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत होला र ? मित्रराष्ट्र तीन होला र ? होइन होला ।’

दुबै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै दुबै देशको आर्थिक विकासबाट लाभ लिने बाहेक अर्को स्वार्थ नरहेको उनले बताए । चीन ग्लोबल पावरका रुपमा रहेको र भारत पनि विस्तारै ग्लोबल पावरका रुपमा अगाडि आइरहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले कार्ड खेल्दैमा नखेलिने बताए ।

मन्त्री ज्ञवालीले चीन र भारत मिलेर समग्र विश्वमा स्थायित्व र विकासमा योगदान गरोस् भन्ने नेपालले चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077