Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै अधिकारीले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको उल्लेख गरेका छन्।

मन्त्रालयका अनुसार जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको छ।

स्वास्थ्य मन्त्रालयले असोज मसान्तसम्मको जोखिम भत्तासमेत संलग्न गरी ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा गरेको जानकारी गराए पनि विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरुले भने जखिम भत्ता नपाएको गुनासो गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077