Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैंककाे सिस्टम ह्याक गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

    बैंककाे सिस्टम ह्याक गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंककाे रकम अनधिकृत रुपमा चोरी गर्नेमध्येका थप एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ का खम्ब घले रहेका छन् । महाशाखाले यसअघि श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा लगायतलाई पक्राउ गरिएकाे जनाएकाे छ।



    २०७६ असोज ७ गते कृषि विकासको न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खाताबाट ४९ लाख ५० हजारबाट ९ लाख ५० हजार, श्रवण कुमार श्रेष्ठको खाताबाट २० लाख निकाल्नका लागि बैंकमा चेक पेश गरेको भएको भन्दै महाशाखाले आंशका गरेको थियो ।



    बैंकको विभिन्न मितिमा आपराधिक समुहले रकमान्तर गरेको पत्ता लागेपछि महाशाखाको टोलीले अनुसन्धान थालेको र एक समूहलाई उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेकाे अपराध महाशाखाले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार