Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिआईबीद्वारा बैंकहरुलाई ह्याक गर्ने धम्कीसहितको इमेलमाथि अनुसन्धान

    सिआईबीद्वारा बैंकहरुलाई ह्याक गर्ने धम्कीसहितको इमेलमाथि अनुसन्धान

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकलाई २४ घण्टाभित्र ह्याक गर्छु भन्दै बुधबार ह्याकरले इमेल पठाएको प्रकरणलाई लिएर केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी) ले अनुसन्धान शुरु गरेको छ।

    इमेल सामाजिक सञ्जालमा भाइरल भएको थियो । सिआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले यो बिषयलाई गम्भिरतापुर्वक लिएर अनुसन्धान थालिएको वताए । कुनै पक्षले नियोजित रुपमा आतंकित बनाउन इमेल पठाएकोतर्फ पनि अनुसन्धान थालिएको छ ।



    इमेल पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम ह्याक हुने उल्लेख गरिएको छ ।



    साथै, सो इमेलमा साउथ एसियाकै ठुलो बैंक ह्याक हुने भन्दै सो इमेललाई जोक नसम्झिन सचेत गराएको गराइएको थियो । सामाजिक सञ्जालका विभिन्न आइटी ग्रुपहरुमा राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकलाई ह्याक गर्ने धम्की सहितको इमेलको स्क्रीन सर्ट भाइरल भएको थियो ।नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह–प्रवक्ता नारायणप्रसाद पोखरेलका साथै नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई इमेलका अलवा अमेरिकाको नम्वरबाट फोन आएको थियो।  इमेल र फोनले  बैंकमा ठूलो ‘सुरक्षा चुनौती’ थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार