Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतीय नयाँ ह्याकर समूहको पर्दाफास, निशानामा चीन र पाकिस्तानका रक्षा विभाग

    भारतीय नयाँ ह्याकर समूहको पर्दाफास, निशानामा चीन र पाकिस्तानका रक्षा विभाग

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। चीनको प्रख्यात साइबर सुरक्षा कम्पनीहरू मध्ये एक एन्टी ल्याब्सद्वारा प्रकाशित नयाँ रिपोर्टले सक्रिय ह्याकर टोलीको खुलासा गरेको छ।

    जसका सदस्यहरू दिल्लीमा रहेका छन् । उक्त समूहले चीन र पाकिस्तानका सरकारी एजेन्सीहरू तथा रक्षा विभागहरूविरुद्ध साइबर आक्रमणहरू सुरु गरिरहेका छन्।



    प्रतिवेदनले दक्षिण एसियामा  बेबी एलिफन्ट नामक संस्थाले सुरु गरेको साइबर आक्रमणको विस्तृत विश्लेषण गरी यसको लक्ष्य, प्रविधि र उपकरणको खुलासा गरेको छ ।



    कम्पनीका उपप्रमुख इन्जिनियर ली बोसोङले शुक्रबार ग्लोबल टाइम्सलाई  उनीहरूले पहिलो पटक २०१७ मा “बेबी एलिफन्टका गतिविधिहरू पत्ता लगाएको वताएका थिए। त्यतिखेर दक्षिण एसियाली देशहरूको सरकार, सेना र रक्षा विभागहरूमा ठूलो मात्रामा लक्षित साइबर आक्रमणहरू फेला परेपरेको थियो ।

    उनीहरुको गतिविधिको विश्लेषणका आधारमा उक्त समूह भारतको रहेको आशंका गरिएको छ। तर, ‘सेतो हात्ती’ नामक भारतको अर्को ह्याकर समूह जस्तो नरहेको पाइएको छ ।

    भारतीय समूहले नेपाल, पाकिस्तान र अफगानिस्तानमा पनि साइबर आक्रमण गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार