Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सेलेव्रिटीको फेसबुक एकाउन्ट ह्याक गरेर पैसा माग्ने १४ बर्षीय बालक पक्राउ

    सेलेव्रिटीको फेसबुक एकाउन्ट ह्याक गरेर पैसा माग्ने १४ बर्षीय बालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको साइवर ब्युरोले कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको अभियोगमा एक बालकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालक रहेका छन् ।



    ब्युरोको टोलीले पर्सा प्रहरीको सहयोगमा बालकलाई पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।



    एसएसपी अर्याल अभियुक्त नाबालक हुन्, उनले विभिन्न लिङ्कबाट ह्याक गरेको देखियो, थप अनुसन्धान भइरहेको छ।

    गत चैत १२ गते कलाकारहरु दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै ब्युरोमा निवेदन दिएका थिए ।

    अभियुक्त बालकले कलाकारहरुको फेसबुक ह्याक गरेर एकाउन्टबाट मेसेज गर्दै पैसा मागेका थिए।

    यस बिषयमा थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार